गृहपृष्ठ बुटवलमा क्यान इन्फोटेक सुरु
बुटवलमा क्यान इन्फोटेक सुरु
बुटवलमा सूचना प्रविधिसम्बन्धी प्रदर्शनी ‘क्यान इन्फोटेक’ मेला २०१९ सुरु भएको छ ।
बुटवलमण्डपमा सञ्चालित इन्फोटेकमा एक सय २५ स्टलले नविनतम् प्रविधि प्रदर्शनीमा राखेका छन् । मेलाको शुक्रबार प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले उद्घाटन गरे । पोखरेलले प्रविधियुक्त सहर बनाउनको लागि प्रदेश सरकार तयार रहेको बताए । मुख्यमन्त्री पोखरेलले प्रदेशमा आईसीटी सम्बन्धी नविनतम् खोज गर्न आग्रह गरे ।
इन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन, मोबाइल एसेसरिज, डिलर र डिस्ट्रिब्यूर्टस, टेलिकम्युनिकेसन, आइएसपी, सफ्टवेयर सोलुसन्स लगायतका एक सय बढी स्टल रहेको क्यान रुपन्देहीका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।
प्रकाशित समय ०८:१६ बजे

















