गृहपृष्ठ आहा रारा गोल्डकपमा दुई विदेशीसहित १० टिम सहभागी हुने
आहा रारा गोल्डकपमा दुई विदेशीसहित १० टिम सहभागी हुने
आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा १० टिमले सहभागीता जनाउने भएका छन् ।
फागुन ९ गते देखि पोखरा रंगशालामा हुने १७ औं संस्करणको प्रतियोगितामा २ विदेशी र ८ नेपाली टिमको सहभागिता हुने आयोजक सहारा क्लबले जनाएको हो ।
प्रतियोगितामा क्यामरुनको डफिन्स टिम फेम्ली फुटबल क्लब र भारतको सिक्किम युनाईटेड क्लब, नेपालका तीन विभागिय टिम सशस्त्र प्रहरी बलको एपीएफ, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले सहभागीता जनाउछन् ।
यस्तै लिग विजेता मनाङ मर्स्याङ्दी क्लब, थ्रिस्टार, हिमालयन शेर्पा, संकटा र आयोजक सहारा क्लबले प्रतियोगीता खेल्नेछन् । छैंटौं मनकामना केबलकार पोखरा कपको विजेता क्यामरुनको डफिन्स टिम फेम्ली क्लब दुई साता नबित्दै अर्को प्रतियोगितामा सहभागी हुन लागेको हो ।
प्रतियोगिताको विजेताले ८ लाख एक हजार र उपविजेताले भने ४ लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट हुने खेलाडीलाई स्कुटर दिइने आयोजकले जनाएको छ ।
प्रकाशित समय ०७:५८ बजे

















