गृहपृष्ठ थाक्सिन सिनावात्राको पार्टी अदालतद्वारा विघटन

थाक्सिन सिनावात्राको पार्टी अदालतद्वारा विघटन

थाइल्याण्डको राजनीतिमा ठूलो प्रभाव रहेको सिनावात्रा परिवारको पार्टीलाई अदालतले खारेज गरिदिएको छ ।

पूर्वप्रधानमन्त्रीद्वय थाक्सिन र यीङ्लक सिनावात्राको थाई रक्षा चार्ट नामक पार्टीलाई अदालतले बिहीबार विघटन गरिदिएको हो । पूर्वर्धिारित तालिकाअनुसार आम निर्वाचनको मिति एक हप्ता मात्र बाँकी रहदाँ सो पार्टी विघटन भएको हो ।

पार्टीले अवैध र गलत काम गरेको भन्दै अदालतले विघटन गरिदिएको बताइएको छ । संवैधानिक अदालतका नौ सदस्यले सर्वसम्मत सो पार्टी विघटन गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रयाससमेत सो पार्टीले गरेको थियो । यसैको परिणाम भएको समेत केहीको ठम्याई छ ।

थाइल्याण्डकी राजकुमारी उबोलरत्ना महिडोलले रक्षा चार्टबाट उम्मेदवार बन्ने घोषणा गरेकी थिइन् । उनलाई निर्वाचन आयोगले उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गरेको थियो ।

प्रकाशित समय ०९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु