गृहपृष्ठ मिस एण्ड मिसेस नेपाल जापानमा

मिस एण्ड मिसेस नेपाल जापानमा

जापान, १९ पुस नेपाली कला संस्कृतिको जगेर्ना तथा बौद्धिक क्षमताको विकास गराउने उद्देश्यले जापानमा पहिलो पटक मिस एण्ड मिसेस नेपाल—२०१८ गरिने भएको छ ।

लामो समयदेखि नेपाल सौन्दर्य प्रतियोगिता गर्दै आएको पल इन्टरटेन्मेन्ट र जापानको सिन्जोउ कर्पोरेसनको संयुक्त आयोजनामा टोकियो महानगरपालिकाको इतावासी शहरस्थित ओया ग्रिनहलमा १८ फेब्रुअरी २०१८ मा कार्यक्रम गरिने भएको हो ।

पहिलो चरणको १ फेबु्रअरीमा छनोट प्रक्रिया र उत्कृष्टताका आधारमा अन्तिम छनोट १८ फेबु्रअरी २०१८ मा गरिनेछ । अडिसनमा छनोट भएकालाई ३ फेबु्रअरीबाट फिटनेश, सेल्फ मेकअप, हाँसो, फोटो सेसन, मिडियासम्बन्धी जानकारी र स्टेज पफर्मेन्स, क्याटवाक र मानव संशाधनलगायतका बारेमा तालीम दिइने आयोजक सिन्जोऊ कर्पोरेसनका प्रबन्ध निर्देशक उत्तमकुमार श्रेष्ठले बताउनुभयो ।

लामो समयदेखि जापानमा बसोबास गर्दै आएका नेपालीले कला संस्कार जोगाउने पहिरन, पोशाक, रङदेखि गुन्यु, चोलो र नाक, कान, घा“टीमा लगाउने गहना र तिलहरीसहित सहभागिता जनाउन सक्नेछन् ।

प्रकाशित समय ०४:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु