गृहपृष्ठ भेनेजुयलाका स्वघोषित राष्ट्रपति गुएइदोका सेना प्रमुख पक्राउ

भेनेजुयलाका स्वघोषित राष्ट्रपति गुएइदोका सेना प्रमुख पक्राउ

आफैले आफैलाई राष्ट्रपति घोषणा गरेका हुवाँ गुएइदोका सेना प्रमुख रोबेर्टो मारेरो पक्राउ परेका छन् । उनलाई पक्राउ गरिएको भेनेजुयलाका अधिकारीले बताएका हुन् ।
अमेरिका, यूरोपलगायतका ५० भन्दा बढी मुलुकको मान्यताप्राप्त नेता गुएइदो र उनको दलले ट्वीटरमार्फत आफ्ना सेना प्रमुख पक्राउ परेको पुष्टि गरेका छन् ।
अमेरिकाले भेनेजुयली राष्ट्रपति निकोलास मदुरोलाइ राजनीतिक अधिकारका लागि आन्दोलनरत विपक्षी नेता गुएइदो तथा उनका सहयोगीलाई पक्राउ नगर्न दिएको चेतावनीका बाबजुद मारेरो पक्राउ परेका हुन् ।

पक्राउपछि उनको अवस्थाबारे सरकारले औपचारिक रूपमा कुनै जानकारी दिएको छैन ।

प्रकाशित समय ०८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु