गृहपृष्ठ अमेरिकाको कोलोराडोमा कक्षाकोठाभित्रै अन्धाधुन्ध गोली प्रहार, एकको मृत्यु

अमेरिकाको कोलोराडोमा कक्षाकोठाभित्रै अन्धाधुन्ध गोली प्रहार, एकको मृत्यु

Colorado-shooting-newskarobar

अमेरिकाको कोलोराडोस्थित एक विद्यालयमा दुई विद्यार्थीले अन्धाधुन्ध गोली चलाएका छन् । डेनवरनजिकै रहेको विज्ञान तथा प्रविधि विद्यालयका विद्यार्थीले कक्षाकोठामै गोली चलाएका हुन् ।

हाइल्यान्ड रन्चको एसटिइएम स्कुलमा भएको घटनामा एक विद्यार्थीको ज्यान गएको र अरु सातजना घाइते भएको स्थानीय प्रहरी अधिकारीलाई उद्धृत अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । बन्दुकधारी विद्यार्थीले आफ्नै कक्षाका एक साथीलाई गोली हानी हत्या गरेको र अरुलाई घाइते बनाएका हुन् । उनीहरु दुवैजना पक्राउ परेका छन् । सो विद्यालयमा कक्षा १२ सम्म विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितको पढाइ हुन्छ ।

प्रकाशित समय १०:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु