गृहपृष्ठ उत्तर कोरियामा शताब्दीकै ठूलो खडेरी
उत्तर कोरियामा शताब्दीकै ठूलो खडेरी
उत्तर कोरियामा शताब्दीकै सबैभन्दा ठूलो खडेरी परेको छ ।
खडेरीले जनजीवन नराम्ररी प्रभावित हुने देखिएको समाचारमा जनाइएको छ । खडेरीप्रति विश्व खाद्य कार्यक्रमले पनि गहिरो चासो व्यक्त गरेको छ ।
विश्व खाद्य कार्यक्रमले उत्तर कोरियामा खाद्यान्नको संकट हुनसक्ने चेतावनी दिएको छ । आणविक परीक्षणका कारण उत्तरमाथि चौतर्फी आर्थिक लगायतका नाकाबन्दी लगाइएको छ । नाकाबन्दीका कारण विगतमा पनि उत्तर कोरियाले खाद्यान्न संकट व्यहोर्नुपरेको थियो ।
खडेरीका कारण अन्न उत्पादनमा पाँच लाख टनले कमी आउने अनुमान गरिएको छ । यस वर्ष उत्तर कोरियामा सन् १९१७ यताकै सबैभन्दा थोरै पानी परेको छ । उत्तर कोरियाका करिब एक करोड मानिसले खाद्यान्न संकटको सामना गर्ने विश्व खाद्य कार्यक्रमको अनुमान छ ।
प्रकाशित समय ०९:०० बजे

















