गृहपृष्ठ मोदीले दिए राजीनामा, एक सातामा मोदीकै नेतृत्वमा नयाँ सरकार
मोदीले दिए राजीनामा, एक सातामा मोदीकै नेतृत्वमा नयाँ सरकार
लोकसभा निर्वाचनको मतगणना सकिएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् ।
नयाँ सरकार गठनका लागि मोदीले राजीनामा दिएका हुन् । ५ सय ४२ सिटका लागि भएको चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले ३ सय ३ सिट जितेको छ । अब नरेन्द्र मोदी फेरि पाँच वर्षका लागि प्रधानमन्त्री बन्नेछन् ।
आउँदो साता उनले शपथ लिने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पुनः प्रधानमन्त्री बन्न उनले शुक्रबार राष्ट्रपति रामनाथ कोविन्द समक्ष राजीनामा बुझाएका हुन । राष्ट्रपति कोविन्दले मोदीको राजीनामा स्वीकृत गरेका छन् ।
शपथअघि मोदी आफ्नो चुनाव क्षेत्र वाराणासी जाने कार्यक्रम रहेको सञ्चारमाध्यमहरुले जनाएका छन् । उनी आफ्नी आमालाई भेट्न जाने पनि बताइएको छ । प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसले ५२ सिट जितेको छ । लोकसभामा अरू क्षेत्रीय दल र साना पार्टीले १ सय ७ सिटमा जित हात पारेका छन् ।
प्रकाशित समय ०८:५२ बजे

















