गृहपृष्ठ एनडीएको संसदीय दलको नेतामा मोदी सर्वसम्मत

एनडीएको संसदीय दलको नेतामा मोदी सर्वसम्मत

pm modi_bewskarobar 3_watermarked

भारतीय जनता पाटी (भाजपा) तथा भाजपा नेतृत्वको नेसनल डेमोक्रेटिक अलाएन्सको संसदीय दलको नेतामा निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी सर्वसम्मत चयन भएका छन् । भारतीय लोक सभा निर्वाचनमा बहुमत प्राप्त गरेपछि मोदीले शुक्रबार राष्ट्रपतिलाई भेट गरी राजीनामा दिएका थिए ।

भारतीय संसदीय परम्पराअनुसार बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री बन्नेछन् । त्यसका लागि निवर्तमान प्रधानमन्त्री मोदीलाई संसदीय दलको नेता चयन गरिएको भाजपा अध्यक्ष अमित शाहले जानकारी दिएका छन् ।

अप्रिल ११ देखि मे १९ सम्म गरी विभिन्न सात चरणमा लोकसभाको ५४२ सिटका लागि भएको निर्वाचनमा भाजपा एक्लैले ३०३ सिट जितेको छ । संसदमा बहुमत पुग्नका लागि २७२ सिटको आवश्यक पर्छ । भाजपाको नेतृत्वमा रहेको गठबन्धन एनडीएको लोकसभामा ३५० सिट पुगेको छ ।

लोकसभामा दोस्रो ठूलो दल भारतीय नेसनल कंग्रेस (कंग्रेस–आई) ले ५२ सिट जितेको भने उसको गठबन्धन युनाइटेड प्रोग्रेसिभ अलाएन्स (यूपीए) ले ८५ स्थानमा विजय हासिल गरेको छ । अन्य दल तथा स्वतन्त्रले १०७ ठाउँमा जितेका छन् ।

प्रमुख निर्वाचन आयुक्त सुनिद अरोराले शनिबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई भेट गरी निर्वाचन परिणामको औपचारिक जानकारी गराएका छन् ।

प्रकाशित समय २१:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु