गृहपृष्ठ अस्ट्रेलियाली प्रधानमन्त्रीको शपथ
अस्ट्रेलियाली प्रधानमन्त्रीको शपथ
अस्ट्रेलिया प्रधानमन्त्री स्कट मरिसनले पुनः प्रधानमन्त्री पदको शपथ लिएका छन् । मरिसनले बुधबार बिहान गभर्नर जनरल पिटर कोसग्रोभसमक्ष शपथ लिएका थिए । मरिसनले मन्त्रिमण्डलमा पहिलो पटक सात जना महिलालाई सहभागी गराएका छन् । नयाँ मन्त्रिमण्डलमा पुराना र वरिष्ठ नेताहरूलाई पुनः सहभागी गराउने मरिसनले संचारमाध्यमलाई बताएका छन् ।
प्रधानमन्त्री मरिसनको नेतृत्वमा रहेको नेसनल पार्टी कोएलिसन (एलएनपी) गत मे १८ मा सम्पन्न आम निर्वाचनमा विजयी भएको थियो । एलएनपीको यो लगातार तेस्रो जित हो । विपक्षी अस्ट्रेलियन लेबर पार्टी भने पुनः पराजित भएको छ ।
प्रकाशित समय १६:०५ बजे

















