गृहपृष्ठ इजिप्टमा प्रहरी कार्यालयमा आक्रमण, १३ को मृत्यु

इजिप्टमा प्रहरी कार्यालयमा आक्रमण, १३ को मृत्यु

इजिप्टमा इद उलफित्र पर्व मनाइरहेका बेला बुधबार लडाकुहरूको आक्रमणमा परी ८ प्रहरी मारिएका छन् ।

सिनाई प्रान्तमा रहेको प्रहरी कार्यालयमा भएको आक्रमणमा परी उनीहरू मारिएका हुन् । उत्तरपूर्वी क्षेत्रमा लामो समयदेखि विभिन्न लडाकु समूहले आक्रमण गर्दै आएका छन् । आक्रमणकारी इस्लामिक स्टेट (आइएस) लडाकु समूहसँग आवद्ध रहेको पनि बताइएको छ ।

आक्रमणकारीहरूले फायरिङ खोलेपछि भएको दोहोरो गोली हानाहानका क्रममा आक्रमणकारी तर्फका ५ जना र प्रहरी तर्फका ८ जना मारिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । तीन सुरक्षाकर्मी घाइते भएका छन् ।

प्रकाशित समय ०७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु