गृहपृष्ठ बेलायती प्रधानमन्त्री मेद्वारा दलको नेताबाट राजीनामा

बेलायती प्रधानमन्त्री मेद्वारा दलको नेताबाट राजीनामा

terija_me

बेलायती प्रधानमन्त्री टेरिजा मेले सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा दिएकी छन् । युरोपेली युनियनबाट बेलायत बाहिरिने (ब्रेक्जीट) संसदबाट पारित गराउन नसकेपछि मे ले राजिनामा दिएकी हन् ।

अब बेलायतमा नयाँ प्रधानमन्त्रीको चयन हुनेछ । प्रधानमन्त्रीको दौडमा ११ जना रहेका छन् । ब्रेक्जीट प्रक्रिया टुंगोमा पुर्यायउन हरसम्भव कोसिस गरेकी मेले सफल नभएपछि करिब दुई हप्ता अगाडि नै आफू सरकारबाट हट्ने घोषणा गरेकी थिइन् । ब्रेक्जीट सम्झौतामा सफलता पाउन नसकेकामा आफूलाई खेद भएको उनले बताइन ।

बेलायतमा पार्टीको संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने प्रावधान छ । अर्को नेतृत्व आउन अझै एक महिना समय लाग्नसक्ने बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् । नयाँ प्रधानमन्त्री चयन नहुँदासम्म मेले कामचलाउ प्रधानमन्त्रीका रूपमा सरकारको कार्यभार सम्हाल्नेछन् ।

प्रकाशित समय ०७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु