गृहपृष्ठ सुरक्षा कारबाहीमा अफगानिस्तानमा १५ जना लडाकुको मृत्यु
सुरक्षा कारबाहीमा अफगानिस्तानमा १५ जना लडाकुको मृत्यु
अफगानिस्तानको घाज्नी प्रान्तमा शनिबार सरकारी सुरक्षाफौजले गरेको प्रतिआतंकवादी कारबाहीका क्रममा १५ जना तालिवानी लडाकु मारिएका छन् । प्रान्तीय सरकारले शनिबार जारी गरेको वक्तव्यमा बिहानै कारबाही गरेको र त्यस क्रममा विगतमा आतंकवादी अपराधमा संलग्न व्यक्ति मारिएको उल्लेख छ ।
सुरक्षाफौजले तीन थान एके ४७ बन्दुक, १५ थान म्याग्जिन तथा ५५० थान बन्दुकका गोलीसमेतका हातहतियार पनि बरामद गरेको छ । घाज्नी प्रान्तमा सक्रिय तालिवान समूहले भने उक्त घटनाबारे केही प्रतिक्रिया जनाएको छैन ।
प्रकाशित समय १७:०१ बजे

















