गृहपृष्ठ जि ट्वेन्टीमा मेक्सिकोले सहभागिता नजनाउने
जि ट्वेन्टीमा मेक्सिकोले सहभागिता नजनाउने
जुनको अन्तिमतिर हुन लागेको जी २० सम्मेलनमा मेक्सिकोले सहभागिता नजनाउने भएको छ । मेक्सिकोका राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेज आब्राडोरले सम्मेलनमा भाग नलिने घोषणा गरेका हुन् ।
आगामी जुनको २८ र २९ मा जापानको ओसाका सहरमा सम्मेलन हुनेछ । राष्ट्रपति आन्ड्रेसले आफूले जी–२० सम्मेलनमा भाग नलिने जानकारी गराएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । नियमित पत्रकार सम्मेलनका क्रममा उनले आपूm सो सम्मेलनमा नजाने र ओसाकामा हुन लागेको सो सम्मेलनमा आपूmले मध्यमार्गी सुझाव पठाउने धारणा राखे ।
प्रकाशित समय १३:३४ बजे

















