गृहपृष्ठ अमेरिकामा जहाज दुर्घटना, २ जनाको मृत्यु

अमेरिकामा जहाज दुर्घटना, २ जनाको मृत्यु

संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेको लङ आइल्यान्डमा जहाज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

म्याकआर्थर विमानस्थलबाट स्थानीय समयअनुसार बिहान ९ बजे उडेको बीचक्राफ्ट ए–३६ विमान दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको ज्यान गएको हो । मृत्यु हुनेमा एक पुरुष र एक महिला रहेको प्रहरीले जनाएको छ । बिहान करिब ९ बजेर १५ मिनेटमा दुर्घटनाग्रस्त भएको संघीय नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

इन्जिनमा समस्या भएका कारण विमान दुर्घटनामा परेको प्रारम्भीक अध्ययनमा देखिएको छ ।

प्रकाशित समय १४:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु