गृहपृष्ठ पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अलि जर्दारी पक्राउ

पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अलि जर्दारी पक्राउ

aasif-ali-jardari-pakistan-newskarobar

पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अलि जर्दारी पक्राउ परेका छन् । उच्च ओहोदाको व्यक्तिको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा आरोपित जर्दारीलाई प्रहरीले सोमबार पक्राउ गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

जर्दारीले भने आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन् । हत्या गरिएका पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टोका श्रीमान् जर्दारी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति थिए । उनलाई पक्राउ गर्ने बेलामा प्रहरी र उनका समर्थकबीचमा केहीबेर झडपसमेत भएको थियो । जर्दारी पाकिस्तान पिपल्स पार्टीका नेता हुन् ।

पटक–पटक विवादित बन्दै आएका जर्दारीलाई यसअघि भ्रष्टाचारसम्बन्धी मुद्दाकै विषयमा ११ वर्षको जेल सजाय सुनाइएको थियो । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ पनि भ्रष्टाचार अभियोगमै सात वर्षे जेल सजाय भोगिरहेका छन् ।

प्रकाशित समय ०७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु