गृहपृष्ठ भारतमा प्रचण्ड गर्मीले रेलभित्रै चारजनाको मृत्यु

भारतमा प्रचण्ड गर्मीले रेलभित्रै चारजनाको मृत्यु

rail-newskarobar

भारतमा प्रचण्ड गर्मीका कारण रेलभित्रै मानिसहरूको मृत्यु हुन थालेको छ । भारतको दिल्लीबाट झाँसी गइरहेको केरला एक्सप्रेसमा रहेका चारजनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको हो । मृतकको शव झाँसीमा रेलबाट उतारिएको छ ।

आगराबाट ६५ जनाको समूह घुमघामका लागि निस्किएकोमा रेलमा बेहोस भएका चारजनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मानिसहरू बेहोस भएपछि रेलमै डाक्टर बोलाइएको थियो । डाक्टरले चारै जनालाई मृत घोषित गरेका हुन् ।

प्रकाशित समय १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु