गृहपृष्ठ उत्तर कोरिया भ्रमणमा निस्के चिनियाँ राष्ट्रपति सि

उत्तर कोरिया भ्रमणमा निस्के चिनियाँ राष्ट्रपति सि

xi-un-newskarobar फाइल तस्बिर

चिनियाँ राष्ट्रपति सि चिनफिङ उत्तर कोरियाको भ्रमणका लागि बेइजिङबाट निस्किएका छन् ।

राष्ट्रपति सिले दुई दिन बिहीबार र शुक्रबार उत्तर कोरियाको भ्रमण गर्नेछन् । १४ वर्षपछि चीनका उच्चस्तरका नेता तथा राष्ट्रपतिका रुपमा गरिएको यो पहिलो भ्रमण हो । यो वर्ष चीन र उत्तर कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ मनाइँदैछ । सोही अवसरमा सि उत्तर कोरियाको भ्रमणमा निस्किएका हुन् ।

राष्ट्रपति सिले दुई देशका नागरिकलाई प्रत्यक्ष रुपमा लाभ पुर्याउन तथा शान्ति, स्थायित्व र समृद्धिका लागि पनि चीन र कोरियाको सम्बन्ध राम्रो हुनुपर्ने बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रकाशित समय ०८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु