गृहपृष्ठ इथियोपियाका प्रधान सेनापतिको गोली हानी हत्या
इथियोपियाका प्रधान सेनापतिको गोली हानी हत्या
इथियोपियाका सेना प्रमुख सियर मेकोनेनको गोली हानी हत्या गरिएको छ ।
राजधानी अदिस अबाबामा प्रधान सेनापति मेकोनेनलाई आफ्नै अंगरक्षकले गोली हानी हत्या गरेका हुन् । प्रधानमन्त्री अबे अहमदले टेलिभिजनमार्फत राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधान सेनापतिको हत्या अंगरक्षकले नै गरेको बताएका छन् । सेना प्रमुखको हत्या भए पनि सैनिक सत्ता विद्रोह भने असफल भएको प्रधानमन्त्रीको भनाइ छ ।
गोलीकाण्डमा अम्हारा राज्यका अध्यक्ष अम्बाचे मोकोनन र उनका सल्लाहकारको पनि मृत्यु भएको बताइएको छ । पछिल्ला दिनमा इथियोपियामा जातीय हिंसा बढिरहेको छ ।
प्रकाशित समय १७:३१ बजे

















