गृहपृष्ठ राजस्थानमा धार्मिक सभाको ‘पान्डाल’ भत्किँदा १४ जनाको मृत्यु
राजस्थानमा धार्मिक सभाको ‘पान्डाल’ भत्किँदा १४ जनाको मृत्यु
भारतको राजस्थानस्थित बार्मर क्षेत्रमा आइतबार अपरान्ह हावासहित भएको वर्षाले ‘पान्डाल’ १४ जनाको मृत्यु छ ।
धार्मिक सभाका लागि निर्माण भएको सो अस्थायी संरचना भत्किएर अन्य ५० जना घाइते भएका भन् । घाइतेमध्ये २५ जनाको अवस्था गम्भीर रहेको र उनिहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । मोदीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभका लागि कामना गरेका छन् ।
राजस्थानका मुख्यमन्त्री अशोक गेलटले घटनाले आफूलाई स्तब्ध भएको जनाएका छन् । उनले मृतक तथा घाइतेका परिवारलाई राज्यले सहयोग गर्ने विश्वास दिलाएका छन् ।
प्रकाशित समय ०८:३३ बजे

















