गृहपृष्ठ अफगानिस्तानमा तालिबान लडाकुको आक्रमणमा २४ जनाको मृत्यु
अफगानिस्तानमा तालिबान लडाकुको आक्रमणमा २४ जनाको मृत्यु
सरकार विरोधी तालिबान लडाकूहरुको आक्रमणमा परी अफ्गानिस्तानमा सरकार पक्षीय २४ लडाकु मारिएका छन् । नाहरिन जिल्लामा रहेको प्रहरी चौकीमा शनिबार भएको आक्रमणमा उनीहरु मारिएका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आक्रमणमा परी अरु नौ जना घाइते भएका छन् । घटनाका बारेमा पूर्ण विवरण आउन बाँकी भएको र अनुसन्धान भइरहेको सरकारी अधिकारीहरुले जनाएका छन् । तालिबान लडाकूले दुई महिनायता सुरक्षा चौकीमाथि आक्रमण गर्ने क्रमलाई तीव्रता दिएका छन् ।
प्रकाशित समय १७:१५ बजे

















