गृहपृष्ठ काबुलमा शक्तिशाली विस्फोट, ३४ जनाको मृत्यु
काबुलमा शक्तिशाली विस्फोट, ३४ जनाको मृत्यु
आफगानिस्तानको राजधानी काबुलमा सोमबार शक्तिशाली विस्फोट भएको छ । विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने ६८ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
टोलो समाचार समितिका अनुसार विस्फोटपछि सम्भावित तालिबान आतंककारीहरु एक निर्माणाधीन भवनमा छिरेका थिए । सोही स्थानमा सुरक्षाबल र आतंककारीबीच दोहोरो गोली हानाहान भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
सुरुमा आतंककारीले विस्फोटक पदार्थ बोकेको एक कारलाई विस्फोटन गराएका थिए । निर्माणाधीन भवनमा दोहोरो गोली हानाहान भएको र केही समयपछि सो स्थानमा पुगेका सुरक्षा अधिकारीले स्थिति नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रकाशित समय १७:५१ बजे

















