गृहपृष्ठ दलाई लामाले मागे माफी
दलाई लामाले मागे माफी
तिब्बतका धर्म गुरु दलाइ लामाले महिलाबारेको अभिव्यक्तिलाई लिएर माफी मागेका छन् ।
एक अन्तर्वार्तामा आफ्नो उत्तराधिकारी महिला पनि हुन सक्ने तर आकर्षक चाहिने बताएपछि लामाले माफी नै माग्नुपरेको हो । उत्तराधिकारी महिला आकर्षक हुनुपर्ने बताएपछि लामाको सामाजिक सञ्जालमा समेत आलोचना भइरहेको छ । उनको कार्यालयले वक्तव्य जारी गर्दै ‘उहाले ठट्टा मात्रै गर्नुभएको’ भन्दै क्षमायाचना गरेको छ ।
प्रकाशित समय ११:५२ बजे

















