गृहपृष्ठ इरानले ग-यो युरेनियम उत्पादन बढाउने घोषणा

इरानले ग-यो युरेनियम उत्पादन बढाउने घोषणा

iran-hassan-rouhani-newskarobar

इरानले सन् २०१५ को युरेनियम उत्पादनसम्बन्धी सम्झौता तोड्ने घोषणा गरेको छ । इरानका उपविदेशमन्त्री अब्बास अरागचीले युरोपेली राष्ट्रहरूले परमाणु सम्झौता नमानेकाले इरानले सम्झौता पालन गर्न आवश्यक नरहेको बताएका हुन् ।

अमेरिकाले सन् २०१८ मै एकतर्फी रुपमा सम्झौता तोडेको थियो । यसपछि अमेरिकाले इरानमाथि कडा प्रतिबन्ध लगाइसकेको छ । इरानले मेदेखि युरेनियम उत्पादन सुरु गरिसकेको छ ।

ऊर्जा उत्पादन र परमाणु हतियार बनाउन युरेनियमको उपयोग गरिन्छ । आवश्यकताभन्दा बढी युरेनियमको मौज्दात इरानसँग पहिल्यै थियो । एक पत्रकार सम्मेलनमा अरागचीले इरानले युरेनियमको उत्पादन केही घण्टामै ४ प्रतिशत जति बढाउन आवश्यक रहेको बताए ।

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले इरानी राष्ट्रपति हसन रुहानीसँग परमाणु सम्झौता उल्लंघनप्रति चिन्ता व्यक्त गरेपश्चात् रुहानीले युरोपेली मुलुकले परमाणु सम्झौता जोगाउन केही कदम चाल्नुपर्ने बताएका थिए ।

इरानले हतियार प्रवर्द्धनका लागि युरेनियमको उपयोग नगरिने बताएको छ । इरानले परमाणु सम्झौतामा बाँकी हस्ताक्षरकर्ता देश चीन, फ्रान्स, जर्मनी, रुस र बेलायतलाई अमेरिकी प्रतिबन्धबाट जोगाउन ६० दिनको समय दिएको थियो । उक्त समय पूरा भएकाले इरानले युरेनियमको संवर्द्धन गर्न थालेको अरागचीले दोहो-याए । इरानले युरेनियमको मौज्दात ९८ प्रतिशत घटाएर तीन सय किलोमा झार्ने घोषणा गरेको थियो । (एजेन्सी)

प्रकाशित समय १५:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु