गृहपृष्ठ मेक्सिकोमा भयानक बस दुर्घटना, १५ जनाको मृत्यु

मेक्सिकोमा भयानक बस दुर्घटना, १५ जनाको मृत्यु

mexico_bus-accident-newskarobar

मेक्सिकोको पश्चिमी नायारिट राज्यमा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । नायारिट सरकारका प्रवक्ताका अनुसार दुर्घटनामा मृत्यु हुनेमा अधिकांश बालबालिका छन् । घाइतेहरुमा धेरैजसो बालबालिका छन् ।

राज्यको राजधानी सहर टेपिक र पुर्टो भालार्टा जोड्ने राजमार्गमा दुर्घटना भएको हो । दुर्घटना स्थानीय समयअनुसार बिहान ७ बजे भएको थियो ।

आगुवाकालिन्टेस राज्यबाट पर्यटक लिएर आइरहेको यात्रुबाहक बस कम्पोस्टेला सहरनजिक पहाडी भेगमा दुर्घटनाग्रस्त भएको थियो । बस दुर्घटनाको कारण भने अझै स्पष्ट हुन सकेको छैन । (एजेन्सी)

प्रकाशित समय १४:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु