गृहपृष्ठ म्यानमारमा डेँगुका कारण ४८ को मृत्यु, करिब ११ हजार प्रभावित

म्यानमारमा डेँगुका कारण ४८ को मृत्यु, करिब ११ हजार प्रभावित

dengu-newskarobar

म्यानमारमा फैलिएको डेँगुका कारण यस वर्ष ४८ जनाले ज्यान गुमाएका छन् ।

सात महिनाको अवधिमा अन्य १० हजार ७५७ जनामा डेँगुको संक्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् । स्वास्थ्य तथा खेलकुद मन्त्रालयअन्तर्गतको सार्वजनिक स्वास्थ्य विभागले बुधबार सार्वजनिक गरेको विवरणअनुसार एयेयार्वाडी क्षेत्रमा मात्र १९ सय ७४ जना प्रभावित भएको र ५ जनाको मृत्यु भएको छ ।

यांगुन क्षेत्रमा १७ सय ८८ जना प्रभावित र १५ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । लामखुट्टेको टोकाइबाट हुने डेँगुबाट प्रभावित भएकाहरूमध्ये पाँचदेखि नौ वर्षसम्मको उमेर समूहका धेरै रहेका छन् ।

सन् २०१८ मा यस रोगबाट १८७ जनाको मृत्यु भएको थियो भने ३६ सय ४९ जनालाई संक्रमण भएको पुष्टि भएको थियो ।

प्रकाशित समय १०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु