गृहपृष्ठ काबुल विस्फोटमा मृत्यु हुनेको संख्या ६३ पुग्यो, २ सय जना घाइते
काबुल विस्फोटमा मृत्यु हुनेको संख्या ६३ पुग्यो, २ सय जना घाइते
फाइल तस्बिर
अफगानिस्तानको राजधानी काबुलस्थित एक विवाह समाहरोहमा आत्मघाती बम विस्फोट हुँदा ६३ जनाको मृत्यु भएको छ ।
शनिबार राति भएको सो हमलामा २ सय जना घाइते भएका छन् । मारिनेमध्ये अधिकांश महिला र बालबालिका रहेको बताइएको छ । घटनाको जिम्मेवारी भने कसलै नलिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिका र तालिवान समूहका प्रतिनिधिबीच यतिबेला कतारको राजधानी दोहामा वार्ता चलिरहेको छ । अमेरिकाले अफगानिस्तामा शान्ति कायम गर्न र आफ्ना सेना फिर्ता लैजान वार्तालाई महत्व दिइरहेको छ । तर पछिल्लो विस्फोटले भने केही हदसम्म वातावरण बिगारेको छ ।
अफगानिस्तानमा पछिल्लो समय ठूला हलहरुमा विवाह समाहरोह आयोजना गर्ने चलन सुरु भएको छ । आतंकवादीहरूले पनि त्यस्ता समारोहलाई नै लक्षित गर्न थालेका छन् ।
प्रकाशित समय १५:२७ बजे

















