गृहपृष्ठ बाढीले नाइजरमा ५७ को मृत्यु, १ लाख ३० हजार घाइते

बाढीले नाइजरमा ५७ को मृत्यु, १ लाख ३० हजार घाइते

नाइजरमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

बाढीले १ लाख ३० हजार जना घाइते भएका छन् । यो तथ्यांक जुन महिनादेखिको रहेको अधिकारीहरुले जनाएका छन् । नाइजरमा पछिल्लो समयको मौसम धेरै खराब भएको बताइएको छ । राजधानी र दुर्गम क्षेत्रमा वर्षाले ठूलो असर पारेको छ । नाइजरको सरकारले बाढीका कारण १२ हजार घरमा क्षति पुगेको जनाएको छ । दुई हजार हेक्टर क्षेत्रफलमा लगाइएको कृषि उत्पादन नष्ट भएको छ ।

दक्षिण-पश्चिमी मराडी र दक्षिण मध्यजिन्दार क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको अधिकारीहरुले जनाएका छन् । बाढी पहिरोका कारण नाइजरमा गत वर्ष ५६ जनाको मृत्यु भएको थियो ।

प्रकाशित समय ०७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु