गृहपृष्ठ इन्डोनेसियामा हिंसा भड्किँदा २० जनाको मृत्यु
इन्डोनेसियामा हिंसा भड्किँदा २० जनाको मृत्यु
इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसामा २० जनाको मृत्यु भएको छ । घटनामा कयौं मानिस जलेर घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आन्दोलनरत समूहले सहरका भवनमा आगजनी गरेपछि कैयौँ व्यक्तिको भवनभित्र आगोले जलेर ज्यान गएको हो । घाइतेको उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । भवनमा लागेको आगो निभाइ सकिए पनि सबै तलामा उद्धार टोली पुगिनसकेकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ ।
प्रकाशित समय ०८:२४ बजे

















