गृहपृष्ठ पेरिसको प्रहरी मुख्यालयमै आक्रमण, चार प्रहरीको हत्या

पेरिसको प्रहरी मुख्यालयमै आक्रमण, चार प्रहरीको हत्या

peris-attack-newskarobar

फ्रान्सको राजधानी पेरिसस्थित प्रहरी मुख्यालयमै आक्रमण भएको छ । आक्रमणमा परी तीन पुरुष र एक महिला प्रहरीको मृत्यु भएको छ ।

आक्रमणकारीले चक्कु प्रहार गरी प्रहरीको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले आक्रमणकारीलाई पनि मारेको छ ।

आक्रमणकारी प्रहरी मुख्यालयकै जासुसी विभागका कर्मचारी भए पनि नाम खुलाइएको छैन । घटनापछि सेन्ट्रल पेरिसस्थित इला डी ला क्षेत्रलाई उच्च निगरानीमा राखिएको छ । राष्ट्रपति इमानुयल म्याक्रो, प्रधानमन्त्री एडवर्ड फिलिप र गृहमन्त्री क्रिस्टोफर केस्टानेरले घटनास्थलको निरीक्षण गरेका छन् । (एजेन्सी)

प्रकाशित समय ०६:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु