गृहपृष्ठ दिल्लीमा आतंकवादी हमलाको सूचना, ८ स्थान संवेदनशील
दिल्लीमा आतंकवादी हमलाको सूचना, ८ स्थान संवेदनशील
भारत सरकारद्वारा आतंककारी घोषित संगठन जैश-ए-मोहम्मदले आक्रमण गर्ने सूचना आएपछि राजधानी नयाँदिल्लीमा सुरक्षा सतर्कता उच्च पारिएकाे छ । स्रोतका अनुसार ३ मे २०१६ मा दिल्लीको चाँदबाग क्षेत्रबाट पक्राउ परेका जैश-ए-मोहम्मदका तीन सदस्यहरुले दिल्लीमा आक्रमण गर्ने योजनाको खुलासा गरेका हुन् ।
गुप्तचर एजेन्सीहरूले जैश-ए-मोहम्मदले भारतमा ठूलो आक्रमण गर्ने तयारी गरिरहेकाे भन्ने सूचना दिएलगत्तै दिल्ली प्रहरीले हाई अलर्ट जारी गरेको हाे । भारतीय सञ्चारमाध्यमहरूका अनुसार दिल्लीका विभिन्न १५ मध्ये आठ स्थानलाई संवदेनशील क्षेत्र घोषणा गरिएको छ । दिल्ली प्रहरीले ती सबै स्थानमा सुरक्षा व्यवस्था कडा पारेकाे छ ।
रोहिणी, दिल्ली उत्तरपूर्व, उत्तरपश्चिम, उत्तर, नयाँदिल्ली, द्वारका, पूर्वी र मध्य क्षेत्रका चार सय बढी भवन र केही बजारलाई आतंकवादी समूहले निशाना बनाउनसक्ने गुप्तचर अधिकारीहरुको भनाइ छ ।
प्रकाशित समय ११:१० बजे

















