गृहपृष्ठ मेक्सिकोमा विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु
मेक्सिकोमा विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु
मेक्सिकोमा विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
पश्चिमी राज्य मिचोआकानमा बुधबार एक सानो विमान दुर्घटनामा परेको हो । दुर्घटनामा अहिलेसम्म ५ जनाको शव फेला परेको र थप विवरण भने नआइसकेको अधिकारीहरुले जनाएका छन् । विमानले दुराङगो राज्यबाट गुरेरो राज्यको एकपुल्को बन्दरगाहका लागि उडान भरेको मेक्सिकन सञ्चारमाध्यमहरुले जनाएका छन् । दुर्घटनापनि विमानको आधा भाग नदीमा डुबेको छ ।
प्रकाशित समय ०७:४७ बजे

















