गृहपृष्ठ इराकमा सरकारविरोधी प्रदर्शनमा ७४ को मृत्यु, साढे ३ सय घाइते

इराकमा सरकारविरोधी प्रदर्शनमा ७४ को मृत्यु, साढे ३ सय घाइते

iraq-protesters-newskarobar

इराकमा जारी सरकार विरोधी आन्दोलनमा तीन दिनमा ७४ जनाले ज्यान गुमाएका छन् । अक्टोबर २५ देखि २७ सम्म सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा अरू ३ हजार ६०० घाइते भएका छन् ।

मानव अधिकारका लागि इराकी स्वतन्त्र उच्च आयोग (आइएचसीएचआर) का सदस्य अली अल बायतीका अनुसार प्रदर्शनकारी र सुरक्षाकर्मी गरी ३ हजार ६५४ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।

बेरोजगारी, भ्रष्टाचार, सार्वजनिक सेवाको बेथितिलगायतका विरुद्ध सडकमा उत्रिएका अधिकांश आन्दोलनकारीको मृत्यु प्रहरीको गोली लागेर भएको छ । प्रदर्शनकारीले सुरक्षाकर्मीहरुको केन्द्रीय कार्यालयमै आक्रमणको प्रयास गरेपछि प्रहरीले जवाफी कारबाही गरेको जनाइएको छ ।

प्रदर्शनको तीन दिनमै ९० वटा भवन जलेका छन् भने अरु धेरै घरमा क्षति पुगेको छ । सुरक्षाकर्मीहरुले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास, साउन्ड बम, लठ्ठी आदि प्रयोग गर्ने गरेका छन् ।

आन्दोलनकारीले राजधानी बग्दादसहित धि क्वार, बार्सा, मायसान, डिवानिया, मुथान्न, कार्बाला, वासित र नाजाफलगायतका ठाउँमा प्रदर्शन गरेको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)

प्रकाशित समय १४:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु