गृहपृष्ठ अफगानिस्तानमा सडक दुर्घटना : २८ जनाको मृत्यु, ९ घाइते

अफगानिस्तानमा सडक दुर्घटना : २८ जनाको मृत्यु, ९ घाइते

अफगानिस्तान । उत्तरी अफगानिस्तानमा मङ्गलबार भएका दुई वटा सडक दुर्घटनामा २८ जनाको मृत्यु हुनुका साथै नौ जना घाइते भएका छन् ।

स्थानीय अधिकारीहरुका अनुसार उत्तरी बाघलान प्रान्तमा मङ्गलबार बिहानै भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएका थिए ।

जिल्ला प्रमुख लुतफुल्लाह हातिफले बिकट गाउँको धुलौटे बाटोमा गुडिरहेको मिनिबस खोंचमा झरेको बताए ।

घाइतेहरुको उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । गत सोमबार साँझ यस्तै किसिमको दुर्घटनामा ११ जनाको ज्यान जानुका साथै तीन जना घाइते भएका छन् ।

बाल्खाब जिल्लाको पहाडी सडकमा गुडिरहेको मिनिबस अनियन्त्रित भई नदीमा खसेको स्थानीय अधिकारीहरुले बताएका छन् । (रासस/सिन्ह्वा)

प्रकाशित समय ०९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु