गृहपृष्ठ अमेरिकी डेमोक्रेट सिनेटर कमला ह्यारिस राष्ट्रपति चुनाव नलड्ने

अमेरिकी डेमोक्रेट सिनेटर कमला ह्यारिस राष्ट्रपति चुनाव नलड्ने

भारतीय मूलकी डेमोक्रेट अमेरिकी सिनेटर कमला ह्यारिसले सन् २००२० मा राष्ट्रपति निर्वाचनमा भाग नलिने बताएकी छन् । उनले मंगलबार भनिन्, ‘म दुःखका भन्न चाहन्छु कि मैले राष्ट्रपति निर्वाचनमा राष्ट्रपतिको प्रतिस्पर्धी हुने योजना रद्द गरेकी छु । निर्वाचन लड्न प्रशस्त धनराशि आवश्यक पर्छ । म अर्बपति होइन ।’  कमलाले निर्वचनमा पतिस्पर्धा गर्ने योजना रद्द गरे पनि जनतालाई न्याय दिलाउने लडाइँ भने जारी रहने बताइन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कमलाको निर्णयप्रति व्यंग्य गर्दै ट्वीट गरे, ‘यो राम्रो भएन । कमला, हामीलाई तपाईको कमी महसुस हुनेछ ।’ यसको प्रत्युत्तरमा कमलाले भनिन्, ‘केही छैन, राष्ट्रपतिज्यू । तपाईविरूद्धको महाभियोग सुनवाइ पनि पर्खेकी छु । म निर्वाचनमा प्रतिस्पर्धी नभए पनि तपाईलाई हराउन निरन्तर काम गर्ने छु ।’

कमलाले ट्वीटरमा एक भिडियो सन्देश पोस्ट गर्दै भनेकी छन्, ‘राष्ट्रपति निर्वाचनमा उत्रन रकमको कमी देखियो । आजको यो साँचो कुरा हो । मैले यस्तो फैसला लिनुपूर्व सबै दृष्टिकोणबाट विचार गरें । अहिले म आफ्नो जीवनकै सबैभन्दा कठोर निर्णयमा पुगेकी छु ।’

भारतीय मूलकी कमला ह्यारिसलाई अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवारका लागि मजबुत दावेदार मानिदै आएको थियो । धेरैजसोले उनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिन सक्ने नेताका रूप लिन्थे । कमलाका माता-पिता क्यालिफोर्निया विश्वविद्यालयमा बर्कलेमा अध्ययनका लागि बाहिरबाट अमेरिका आएका थिए । दैनिक भास्करका अनुसार कमलाकी आमा श्यामला गोपालन भारत र पिता डोनाल्ड ह्यारिस जमैकाबाट अमेरिका छिरेका थिए । दुवै नागरिक अधिकार आन्दोलनहरूमा सक्रिय थिए । उनीहरू अश्वेतहरूको जागरूकता र स्वतन्त्रतामा चर्चा गर्ने विद्यार्थीहरूको एक समूहमा आबद्ध थिए । सन् २००९ मा क्यान्सर लागेर कमलाकी आमाले संसार छोडिन् ।

प्रकाशित समय १०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु