गृहपृष्ठ ओमनका २९ सय जनामा एचआईभी एड्स

ओमनका २९ सय जनामा एचआईभी एड्स

हालै सार्वजनिक भएको आधिकारीक तथ्यांकअनुसार ओमनमा दुई हजार ९२७ जनामा एचआईभी/एड्स रहेको पाइएको छ ।

राष्ट्रिय तथ्यांक तथा सूचना केन्द्रले बुधबार सार्वजनिक गरेको तथ्यांकमा अघिल्लो वर्षको तुलनामा एचआईभी/एड्स संक्रमितहरूको यो संख्या ५.२ प्रतिशतले घटेको देखिएको छ ।

अहिले सार्वजनिक भएको तथ्यांक सन् २०१८ को अन्त्यसम्मको हो भने सन् २०१७ को संख्याभन्दा घटेको देखिएको हो ।

एचआईभी/एड्सबाट प्रभावित भएकाहरूमध्ये सबैभन्दा धेरै १५ देखि २४ वर्ष उमेर समूहका रहेको अधिकारीहरूले जनाएका छन् । यो समूहका एचआईभी÷एड्स संक्रमितहरूको सङ्ख्या एक हजार ८६६ रहेको तथ्यांकमा उल्लेख छ ।

त्यसपछि धेरै ५ देखि १४ वर्षसम्मको उमेर समूहको रहेको छ । उनीहरूको संख्या ५४३ रहेको सूचना तथा तथ्यांक केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ५० भन्दा बढी उमेर समूहका एचआईभी संक्रमितहरूको संख्या ३२९ रहेको छ । त्यसैगरी २५ देखि ४९ वर्षसम्मको उमेरमा एचआईभी संक्रमित भएकाहरू १२० जना मात्रै रहेका छन् ।

चार वर्षभन्दा अगाडिका ६९ जना बालबालिकामा पनि एचआईभी/एड्स लागेको पाइएको छ । (एजेन्सी)

प्रकाशित समय ०८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु