गृहपृष्ठ रेलले ठक्कर दिएर भारतमा दुई हात्ती मरे

रेलले ठक्कर दिएर भारतमा दुई हात्ती मरे

यात्रुवाहक रेलले ठक्कर दिएर भारतमा बुधबार दुई हात्ती मरेका छन् ।

दाहसंस्कार गर्नुअघि ती हात्तीको शवलाई फूलमालाले सिंगारेर राखिएको र श्रद्धाञ्जलि दिइएको थियो ।

रेलले ठक्कर दिएर मात्रै पछिल्लो पाँच वर्षमा कम्तीमा २६ हात्ती मरेका छन् भने अरू कैयौँ घाइते भएका छन् । ठक्कर लागेर मृत्यु भएका दुईमध्ये एउटा हात्ती गर्भवतीसमेत रहेको वन्यजन्तु अधिकारीहरूले बताएका छन् ।

स्थानीय समयानुसार ४ः३० मा घटना भएको हो । उत्तरी सीमा क्षेत्रको रेलमार्गमा बाटो पार गर्न लाग्दा रेलले ती हात्तीहरूलाई ठक्कर दिएको रेल सेवाका प्रवक्ता सुभानान चन्दले जानकारी दिए ।

रेलमार्गमा टाढासम्म देखिने गरी भिजिबिलिटी नरहेकाले नदेखिएर रेलले हात्तीलाई ठक्कर दिएको उनले बताए ।

विगतमा पनि यस्ता घटना भएको र हात्तीलाई ठक्कर दिएर मर्नेक्रम चलिरहेकाले रातको समयमा रेल नचलाउन पटकपटक रेल सञ्चालकहरूलाई आग्रह गरिएको वन्यजन्तु अधिकृतहरूले बताएका छन् ।

रेलको ठक्कर खाएर हात्ती मरेपछि दर्जनौँ स्थानीय बासिन्दा घटनास्थलमा भेला भएका थिए । उनीहरूमध्ये केहीले हात्तीका लागि प्रार्थनासमेत गरेका थिए । (एजेन्सी)

प्रकाशित समय ०७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु