गृहपृष्ठ नाइजरको सैन्य क्याम्पमा आतंकवादी हमला, ७१ जना मारिए

नाइजरको सैन्य क्याम्पमा आतंकवादी हमला, ७१ जना मारिए

मालीको सिमाना नजिकै पश्चिमी तिलाबेरी क्षेत्रमा नाइजर सेनाको शिविरमा गरिएको  आतंकवादी हमलामा ७१ सैनिकहरू मारिएको समाचार छ । आतंकवादीहरूले सेनाका शिविरमा तोपका गोला र मोर्टार आक्रमण गरेको बताइएको छ । हतियार आक्रमण र शक्तिशाली विस्फोटका कारण धेरै सैनिक मारिए । कुनै आतंकवादी समूहले अझैसम्म हमलाको जिम्मेवारी लिएको छैन ।

नाइजरको सेना मालीको पश्चिमी क्षेत्रमा रहेका इस्लामिक स्टेटसँग सम्बद्ध लडाकु र दक्षिणपूर्वमा बोको हराम आतंकवादीहरूविरूद्ध लडिरहेका छन् । नाइजरको राष्ट्रिय टेलिभिजन च्यानलमा नाइजर रक्षा मन्त्रालयका प्रवक्ताले सशस्त्र आतंकवादी दर्जनौं गाडीमा आएर तहाउ क्षेत्रको सैन्य क्याम्पमा हमला गरेको बताए ।

उनले थपे, ‘तीन घण्टासम्म भीषण गोलाबारी भयो । यस क्रममा नाइजर सुरक्षा बलले पनि प्रहार गरे । अन्त्यमा आक्रमणकारी त्यहाँबाट भागे ।’ सेनाले उनीहरूको विस्फोटक पदार्थ भरिएको एक वाहन पनि जफत गरेको उनले बताए ।

भनिन्छ, आतंकवादीहरूले सैन्य शिविरमा तोपका गोला र मोर्टारले हमला गरेका थिए । हालसम्म कुनै पनि आतंकवादी संगठनले हमलाको जिम्मेवारी लिएको छैन । सैन्य शिविरमा भएको आतंकवादी हमला खबर सुनेर नाइजरका राष्ट्रपति इसोफु मोहम्मदले आफ्नो मिस्रको यात्रा बीचैमा रद्द गरेका छन् । (एजेन्सी)

प्रकाशित समय १४:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु