गृहपृष्ठ भारतमा हिंसा भड्किएपछि अमेरिका र बेलायतद्वारा ट्राभल एडभाइजरी जारी
भारतमा हिंसा भड्किएपछि अमेरिका र बेलायतद्वारा ट्राभल एडभाइजरी जारी
अमेरिका, बेलायत, सिंगापुर, इराजायल लगायतका मुलुकले आफ्ना नागरिकहरूलाई भारत भ्रमणपूर्व सचेतना अपनाउन भन्दै ‘ट्राभल एड्भाइजरी’ जारी गरेका छन् ।
भारतको नयाँ नागरिकता कानुनपछि भइरहेको आसाम र अन्य पूर्वोत्तर राज्यहरूमा आन्दोलन चर्किएसँगै ती देशहरूले आफ्ना नागरिकलाई ती राज्यहरू भ्रमणमा सावधानी अपनाउन ‘ट्राभल एड्भाइजरी’ जारी गरेका हुन् ।
अमेरिकी सरकारले असाम भ्रमणलाई ‘अस्थायी रूपमा निलम्बन’ नै गर्न आग्रह गरेको छ । ‘भारतका पूर्वोत्तर राज्यमा रहेका अमेरिकी नागरिकहरूलाई नागरिक (संशोधन) कानुन जारी भएपछि भइरहेका प्रदर्शन र हिंसाका समाचारप्रति सावधान रहनु होस् । सरकारले केही क्षेत्रमा कफ्र्यु लगाएको छ, इन्टरनेट र मोबाइल सञ्चारमा अवरोध आउन सक्छ, थुप्रै ठाउँमा यातायात प्रभावित हुनसक्छ ।’
यसैगरी, बेलायत, सिंगापुर र इजरायलले पनि आफ्ना नागरिकहरूका लागि ती क्षेत्रमा भ्रमणमा सावधानी अपनाउन भन्दै सूचना जारी गरेका छन् । (एजेन्सी)
प्रकाशित समय १८:१७ बजे

















