गृहपृष्ठ मध्यपूर्वमा शक्ति थप्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा
मध्यपूर्वमा शक्ति थप्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा
इरान र अमेरिकाबीच तनाव उत्कर्षमा रहेका बेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बुधबार पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले इरानले इराकस्थित अमेरिकी सैन्य शिविरमा गरेको आक्रमणमा कुनै मानवीय क्षति नभएको जानकारी दिएका छन् । उनले भने, ‘हाम्रो जागरुकता र प्रविधिका कारण आक्रमणमा केही क्षति भएन ।’
उनले मध्यपूर्व अँझै अमेरिकाको प्रभाव बढ्ने भन्दै आफ्नो सेना विश्वकै शक्तिशाली रहेकोसमेत बताए । उनले आफु राष्ट्रपति रहेसम्म इरानले परमाणु हतियार प्राप्त गर्न नसक्ने भन्दै इरानले आफ्नो रवैया परिवर्तन नगरेसम्म अमेरिकाको प्रतिबन्ध जारी रहने बताए ।
उनले अमेरिकी नागरिक वा सेनामाथि कुनै आक्रमण भए इरानमाथि थप नाकाबन्दी लगाउने चेतावनीसमेत दिए । उनले रुस, चीन र जर्मनीले इरानको सत्यता बुझ्नुपर्ने भन्दै आफूले परमाणु सम्झौता त्यागेर ठिक गरेको तर्क गरे ।
उनले आईएसआईका प्रमुख अब्बु अली बग्दादी र इरानी सेनाका सैन्य कमाण्डर कासिम सुलेमानीलाई मारेर आम जनतालाई बचाएको दावी गरे । उनले आफ्नो निर्देशनमा सुलेमानी मारिएकोसमेत बताए । (एजेन्सी)
प्रकाशित समय ०८:४२ बजे

















