गृहपृष्ठ ओमनमा सुल्तान हैतम बिन तरिकलाई नयाँ राजा घोषणा

ओमनमा सुल्तान हैतम बिन तरिकलाई नयाँ राजा घोषणा

ओमनका राजा काबूस बिन सइदको मृत्यु भएपछि नयाँ राजाको रुपमा सुल्तान हैतम बिन तरिकलाई घोषणा गरिएको छ । ओमनको शाही परिवार परिषदले हैतम बिन तारिक बिन तैमुर अल सइदलाई नयाँ सुल्तान हुने फैसला गरेको हो ।

सुल्तान हैतम बिन तरिक १९५४ मा जन्मिएका हुन् । यसअघि उनी ओमनका सम्पदा तथा संस्कृति मन्त्री थिए । नयाँ सुल्तान हैतम बिन तारिक दिवंगत सुल्तान काबूसका काकाका छोरा हुन् ।

नयाँ सुल्तान हैतमले दिवंगत सुल्तान काबूसको विशेष दूतको रुपमा विभिन्न अवसरमा काम गरेका थिए । उनले ओमनको विदेश मन्त्रालयमा विभिन्न पदमा रही सेवा गरिसकेका छन् ।

नयाँ सुल्तान हैतमले ओमनको विदेश मन्त्रालयमा अण्डरसेक्रेटरीको रुपमा १९८६ देखि १९९४ सम्म काम गरिसकेका छन् । त्यसपछि उनी सोही मन्त्रालयमा सेक्रेटरी जनरल पदमा नियुक्त भए ।

यो पदमा रहेर उनले १९९४ देखि २००२ सम्म काम गरे । १९७९ मा बेलायतको अक्सफोर्ड युनिभर्सिटीका वैदेशिक सेवा विषयका ग्रयाजुएट सुल्तान हैतम ओमन फुटबल संघका प्रथम अध्यक्ष पनि थिए । उनलाई खेलप्रति लगाव भएका व्यक्तिको रुपमा पनि चिनिन्छ । (एजेन्सी)

प्रकाशित समय १६:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु