गृहपृष्ठ कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो
कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो
चीनबाट फैलिएको कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या ९ सय नाघेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख भएअनुसार कोरोनाबाट ९०८ जनाको मृत्यु भएको छ भने ३७ हजारभन्दा बढी मानिस संक्रमित छन् ।
आइतबार एकै दिनमा ९१ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । तीमध्ये चीनको उहानमै ७३ जनाको मृत्यु भएको हो ।
हुबेई प्रान्तमा आइतबार मात्र २९ हजार ६३१ जनामा कोरोना भाइरस संक्रमित भएका थिए । गत वर्षको अन्त्यतिरबाट उहानबाट सुरु भएको यो भाइरसका कारण सो प्रान्तमा मात्र ८७१ व्यक्तिको मृत्यु भएको छ । संक्रमित २९ हजार ६३१ जनामा ५ हजार ५०५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
प्रकाशित समय १७:२७ बजे

















