गृहपृष्ठ भारतमा एक मानिसमाथि गुडे ६० वटा गाडी
भारतमा एक मानिसमाथि गुडे ६० वटा गाडी
भारतको पुणे-मुम्बई एक्सप्रेस वेमा रहेको बाउर गाउँमा तीव्र गतिमा आएको कारले ठक्कर दिएर लडेका ४७ वर्षीय एक पुरुषमाथि अरु ६० वटा गाडी गुडेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार राति ८ बजे कारले ठक्कर दिएपछि उनीमाथि अरु ६० वटा गाडी गुडेका हुन् ।
६० वटा गाडीले कुल्चिँदा शव टुक्राटुक्रा भएको थियो । घटनाको खबर पाएपछि प्रहरी घटनास्थलमा गएर सडकबाट शरीरका अंगहरू हटाएको थियो । रगतको धब्बा सडकको १५० मिटरसम्म फैलिएको थियो । अशोक मगर नाम गरेका उनी बाउर गाउँमा बस्थे ।
अँध्यारो भएकाले एक्सप्रेस वेमा गाडीचालकले सडकमा लडिरहेको लाश नदेखेको हुन सक्ने प्रहरीको अनुमान छ । त्यसपछि पछाडिबाट आएका गाडीले हिर्काउन सक्ने डरले अन्य गाडीचालकले पनि नरोकेको हुन सक्ने प्रहरीले बताएको छ ।
प्रकाशित समय २१:१८ बजे

















