गृहपृष्ठ भारतमा कोरोनाका कारण दोस्रो व्यक्तिको मृत्यु, ८२ जना संक्रमित

भारतमा कोरोनाका कारण दोस्रो व्यक्तिको मृत्यु, ८२ जना संक्रमित

भारतमा कोरानो भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । राजधानी नयाँ दिल्लीमा शुक्रबार राति ६८ वर्षीया महिलाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा यसअघि अर्का एक जनाको पनि कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका थिए । नयाँ दिल्लीमा अरु छ जना कोरोना भाइरस संक्रमित भएका छन् ।

गत बिहीबार कोरोना संक्रमित पहिलो व्यक्तिको मृत्यु भएको घोषणा गरिएको थियो । ती व्यक्तिको गत मंगलबार कर्नाटकमा मृत्यु भएको जनाइएको छ । पहिलो मृत्यु हुने व्यक्ति पनि महिला नै रहेको र ७६ वर्षीया रहेको मन्त्रालयका अधिकारीले बताएका छन् । ती व्यक्ति साउदी अरबको भ्रमण गरेर आएकी पाइएको छ ।

दुई जनाको मृत्यु हुँदासम्म भाइरसमा संक्रमितको संख्या ८२ पुगेको छ । (रासस)

प्रकाशित समय १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु