गृहपृष्ठ भारतमा डरलाग्दो गरी फैलिँदै कोरोना संक्रमण, २२७ जनाको मृत्यु

भारतमा डरलाग्दो गरी फैलिँदै कोरोना संक्रमण, २२७ जनाको मृत्यु

भारतमा नोवेल कोरोनाभाइरस (कोभिड १९) संक्रमण डरलाग्दो गरी फैलिँदै गएको छ । शुक्रबार बिहानसम्ममा ६ हजार ७२५ जना कोरोनाभाइरस संक्रमित फेला परेकोमा २२७ जनाको मृत्यु भइसकेको छ ।

भारतमा तीव्र दरमा कोरोना फैलिन थालेसँगै नेपालका सीमावर्ती क्षेत्रका बासिन्दामा त्रास बढेको छ । तर, नेपालसँग सीमा जोडिएका भारतका प्रान्तहरूमा भने कोरोना फैलिसकेको छैन ।

कोरोना संक्रमित १६ हजार ३ हजार ७५१ मध्ये विश्वभर ९५ हजार ७३१ जनाको मृत्यु भएको छ । यो करिब ५.९७ प्रतिशत औसत मृत्युदर हो । भारतमा औसतभन्दा केही कम अर्थात् ३.३ प्रतिशत  मृत्युदर छ । शुक्रबार बिहानसम्ममा भारतमा ६३५ जना सफल उपचारपछि घर फर्किसकेका छन् ।

प्रकाशित समय ०८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु