गृहपृष्ठ भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७३ पुग्यो

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७३ पुग्यो

विश्वभर कोरोना भाइरसको प्रकोप बढेको बेलामा भारतमा ज्यान गुमाउनेको संख्या दुई सय ७३ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामै ३४ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।

त्यस्तै संक्रमित हुनेको संख्या आठ हजार ३५६ पुगेको छ । सबैभन्दा भारतको महाराष्ट्रमा एक सय २७ जनाको मृत्यु भएको छ ।

महाराष्ट्रमा संक्रमितको संख्या पनि एक हजार सात सय ६१ पुगेको छ । त्यस्तै, मध्यप्रदेशमा ३६, गुजरातमा २२ र दिल्लीमा १९ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

प्रकाशित समय १०:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु