गृहपृष्ठ तोसिवा समूहले सबै फ्याक्ट्री र कार्यालय बन्द गर्ने
तोसिवा समूहले सबै फ्याक्ट्री र कार्यालय बन्द गर्ने
जापानी व्यावसायिक समूह तोसिबाले सबै कार्यालय र फ्याक्ट्रीहरू बन्द गर्ने भएको छ । तोसिवाले कोरोनाभाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै अप्रिल २० देखि मे ६ सम्मका लागि फ्याक्ट्री र कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।
कम्पनीमा करिब ७६ हजार कर्मचारी कार्यरत छन् । पावर सप्लाई, रेल्वेलगायतका पूर्वाधारमा आवश्यकताअनुसार सेवा प्रवाह हुने तोसिवाले जनाएको छ । फ्याक्ट्रीबाहेकका कर्मचारीले भने घरबाटै काम गर्नुपर्नेछ ।
प्रकाशित समय २१:३५ बजे

















