गृहपृष्ठ यी १० मुलुक, जसले दिनहुँ हजारौं नागरिक गुमाइरहेका छन्

यी १० मुलुक, जसले दिनहुँ हजारौं नागरिक गुमाइरहेका छन्

विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरसका कारण धेरै देशहरुले दिनहुँ हजारौं नागरिक गुमाइरहेका छन् । शुक्रबार बिहानसम्म अमेरिकालगायतका १० देशले ठूलो संख्यामा मानवीय क्षति भोग्नु परेको छ ।

सबैभन्दा अमेरिकामा प्रत्येक दिनजसो दुई हजारभन्दा बढीको ज्यान गइरहेको छ । शुक्रबार बिहानसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ३४ हजाार ६१७ पुगेको छ । गएको २४ घण्टामा दुई हजार १७४ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म अमेरिकामा छ लाख ७७ हजार ५७० जनामा संक्रमण देखिएको छ । गएको २४ घण्टामै २९ हजार ५६७ जनामा नयाँ संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यस्तै ५७ हजार ५०८ जनाको सफल उपचार भएको छ ।

अमेरिकापछि ठूलो संख्यामा मानवीय क्षति भोगेको इटालीमा २२ हजार १७० को ज्यान गइसकेको छ भने एक लाख ६८ हजार ९४८ जनामा संक्रमण देखिएको छ । त्यस्तै स्पेनमा १९ हजार ३१५ जनाको ज्यान गएको छ भने एक लाख ८४ हजार ९४८ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म स्पेनमा ७४ हजार ७९७ जनाको भने सफल उपचार भएको छ ।

फ्रान्समा १७ हजार ९२० जनाको ज्यान गएको छ भने एक लाख ६५ हजार २७ जनामा कोरोना संक्रमित देखिएका छन् । त्यस्तै जर्मनीमा पनि कोरोनाको ठूलै प्रकोप देखिएको छ । अहिलेसम्म एक लाख ३७ हजार ६९८ जनामा संक्रमण देखिएको छ भने चार हजार ५२ जनाको ज्यान गइसकेको छ ।

युकेमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १३ हजार ७२९ पुगेको छ । एकै दिनमा साढे आठ सयभन्दा बढीको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । युकेमा एक लाख तीन हजार ९३ जनामा संक्रमण देखिएको छ ।

सबैभन्दा पहिले फैलिएको चीनमा भने नयाँ संक्रमण देखिएको छैन । सुरुमा ८२ हजारमा देखिएको कोरोना अहिले पनि त्यही संख्यामा देखिएको छ । थप देखिएको छैन । त्यस्तै तीन हजार ३४२ को ज्यान गएको भने ७७ हजार ८९२ जनाको सफल उपचार भएको छ । त्यस्तै इरान, टर्की, बेल्जियम, ब्राजिल, क्यानडा, नेदरल्यान्डजस्ता मुलुकहरुमा ज्यान गुमाउनेको संख्या हजारौं पुगेको छ भने लाखौंको हाराहारीमा संक्रमित देखिएका छन् ।

प्रकाशित समय १०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु