गृहपृष्ठ लण्डनमा थप एक भूपू सैनिकको निधन

लण्डनमा थप एक भूपू सैनिकको निधन

फाइल तस्बिर

कोरोनाबाट बेलायतमा थप एक पूर्व गोरखा सैनिकको निधन भएको छ । लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा कठिनाइ देखिएपछि उनलाई गत मंगलबार किङस्टन अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई भेन्टिलेटरमा राखी उपचार गराइएको थियो । पाल्पा स्थायी घर भएका थापा पछि बुटबल बसाइँसराइ गरेका थिए । पहिलेदेखि पिसाबथैलीको र उच्च रक्तचाप समस्याको नियमित औषधि खाँदै आइरहेका थापालाई ज्वरोसमेत देखिएपछि अस्पताल भर्ना गरिएको पाल्पा जिल्ला समाजका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए ।

अध्यक्ष रेग्मीका अनुसार सन् २००९ देखि बेलायतमा श्रीमतीसहित बस्दै आएका थापाका जेठा सन्तान नेपालमै र कान्छा सन्तान बहराइनमा रहेकोे बताइएको छ । हालसम्म कोरोनाका कारण बेलायतमा मृत्यु हुनेको संख्या १३ पुगेको छ । (रासस)

प्रकाशित समय ०८:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु