गृहपृष्ठ आमाको माया : लकडाउनमा विरामी छोरालाई भेट्न २७ सय किलोमिटर यात्रा

आमाको माया : लकडाउनमा विरामी छोरालाई भेट्न २७ सय किलोमिटर यात्रा

अस्पतालमा उपचार गराइरहेका आफ्ना छोरालाई भेट्न भारतमा एक महिलाले झण्डै दुई हजार ७०० किलोमिटर लामो यात्रा गरेकी छन् । उनले यात्राका क्रममा कतै पैदल त कतै ट्याक्सीको प्रयोग गरेको बताइएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले देशव्यापी लकडाउनको घोषणा गरेपछि सवारी साधनहरु बन्द भएकाले उनले कठिन यात्रा गर्नु परेको थियो । यात्राका क्रममा छ राज्य पार गरेकी ५० वर्षीया ती महिलाको छोराको जोधपुरमा गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

उनीसँगै एक नातिनी र अर्का एक जना नातेदारले पनि पैदल यात्रा गरेका हुन् । यो यात्राका लागि उनीहरुलाई तीन दिन लागेको थियो । लामो यात्रा गरेकी शिलम्मन वासनले जोधपुरबाट पीटीआईसँग कुराकानी गर्दै आफ्नो छोराको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिइन् ।

आफ्नो २९ वर्षीय छोरो अरुण कुमारको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उनले बताइन् । छोरो अरुणलाई मांशपेसीसम्वन्धी रोग लागेको उनको भनाइ छ । ‘भगवानको कृपाले कुनै ठूलो समस्याविना नै हामी यहाँ आइपुग्न सफल भयौँ,’ उनले भनिन् ।

उनले आफूहरु केरलाबाट तमिलनाडु, कर्नाटक, महाराष्ट्र, गुजरात हुँदै राजस्थानको जोधपुरसम्म आइपुगेको जानकारी दिइन् ।

उनहरु अप्रिल ११ मा हिडेर अप्रिल १४ मा जोधपुर पुगेकी हुन् । जोधपुरमा सीमा सुरक्षा बल (वीएसएफ)मा जवानको रूपमा कार्यरत अरुण कुमार विदा मनाउन गत फेब्रुअरीको अन्त्यतिर आफ्नो घरगाउँ आएका थिए । घरबाट फर्केपछि उनी विरामी परेका हुन् । (रासस)

प्रकाशित समय २३:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु